के तपाईँलाई थाहा थियो?!
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]
१०० वर्ष पहिले, डा. शेभालियर ज्याक्सनले बाहिरी तत्वका चरणहरूको व्याख्या गर्नुभएको थियो:
सुरुमा, तीब्र खोकी लाग्दा, सामान्यतया बाइपास भल्व हुन्छ (हावा बाहिरी तत्व वरिपरि सजिलै यताउता पास हुन्छ)।
थोरै सुनिएपछि, चेक–भल्व हुन्छ। श्वास लिँदाको समयमा हावा भित्र छिर्न सक्छ तर श्वास फाल्दा बाहिरी तत्व वरिपरिबाट निक्लन सक्दैन (जब हाम्रो ब्रोन्काई अलिकति खुम्चिन्छ)। यसले पूरा फोक्सोभरि हावालाई अड्काउन सक्छ। बिरामीले प्रत्येक पटक श्वाश फेरेको बेला, प्रभावित भएको फोक्सो हाइपरइनफ्लेटेड (अब्स्ट्रक्टिभ इमफाइसिमा) रहन्छ। एक्स-रेमा देखिए अनुसार, हरेक पटक श्वास फाल्दा यसले मुटुलाई विपरित पक्षमा धकेल्छ। साथै, प्रत्येक पटक श्वाश फेर्दा, हावाको थोरै मात्रामात्र बाहिरी वस्तुबाट उम्कन सक्छ। यसले नरम तन्तुमामा टरब्युलेन्ट एयरफ्लो र रिप्लिङ प्रभाव पार्छ, तसर्थ ठूलो आवाज निकाल्छ, जसलाई एक्सपाइरेटरी विजेस भनिन्छ।
थप सुनिएपछि, त्यहाँ स्टप–भल्व हुन्छ। यसले फोक्सोलाई कोल्याप्स (एटिलेकटासिस) गराउँछ र निमोनिया गराउँछ।
डा. शेभालियर ज्याक्सनले भन्नुभए अनुसार, “सबै विजेसहरू आस्थ्मा हैनन्!”
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]