स्वालोविङ प्यासेज (निल्ने नली)

जब स्वालोविङ प्यासेजमा वस्तु अड्किन्छ, बिरामीले गला दबाउने, वमन गरेजस्तो गर्ने वा उल्टी गर्न सक्छ ।

बिरामीलाई हल्का “थ्रोट क्लियरिङ(गला सफा गर्ने)” खोकी हुन सक्छ तर तेज खोकी लाग्ने हुँदैन ।

हरेक निल्ने प्रक्रियामा घाँटी दुखाइ महसुस हुन्छ । यो दुखाइ कानसम्म फैलिन सक्छ ।

Fishbone in Tonsil

ओरोफारिंक्स (टन्सिल)

प्राय: अड्किने वस्तुमा माछाका हड्डी पर्दछन् । सामान्यत: टन्सिलमा अड्किएको माछाको हड्डी सामान्य एनेस्थेसिया बिना हटाउन सकिन्छ ।

Hypopharynx

हाइपा फारिंक्स (टङ बेस र पिरिफर्म साइनसेस)

माछाका हड्डीहरू जिब्रोको फेदमा अड्किएको हुन्छ, ठ्याक्क एपिग्लोटिसको माथि (र ल्यारिंक्सको बाँकी भागमा) । कहिलेकाहिँ माछाका हड्डी पिरिफर्म साइनस (ल्यारिंक्सको छेउमा) वा इसोफेगसमा अड्किन्छ । माछाका हड्डीहरू जति तल गयो, यसलाई हटाउन त्यत्तिकै सामान्य एनेस्थेसियाको आवश्यकता पर्दछ ।[Ref:48]

(AP) اشعة اكس  دبوس أمان

इसोफेगस

इसोफेगसमा धेरै जसो अड्किने सिक्का र माछाका हड्डी हुन्, तर डिस्क ब्याट्री र सेफ्टी पिन अझ धेरै खतरनाक हुन्छन् । अन्य उदाहरणहरूमा बटन, बपालमा लाउने क्लिप, कागज र मासुको ठूलो टुक्रा पर्न सक्छन् । इसोफेगसमा अड्किने ठूला बाह्य वस्तुले ट्राकियालाई पछाडिबाट संकुचन गर्न सक्छ (वायु-मार्गमा अवरोध पैदा हुनसक्छ) ।

Cedar Twig

नेसोफारिंक्स

गला र नरम तालुको पछाडिबाट अड्किएका वस्तु विरलै रूपमा माथितिर ठेलिन सक्छन् । प्यासिफिक नर्थवेष्ट क्षेत्रमा सबैभन्दा धेरै नेसोफारिंक्समा अड्किने सेडारका झिक्रा हुन् । एक बच्चाको नासोफारिक्सबाट किन्डर सरप्राइज हवाइजहाजको रबर प्रोपेलर हटाइएको थियो ।

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]