आकस्मिक उपचार

अधिकांश अवस्थामा चोकिङले श्वासनलीमा पूर्ण बाधा उत्पन्न गर्दैनन् र तसर्थ हेमलिच युक्तिको आवस्यकता पर्दैन ।

चोकिङका बिरामीले जहिलेसम्म खोक्न, बोल्न र भित्र-बाहिर सास फेर्न सक्छन् (सास फेर्दा अलिकति हल्ला आए पनि), त्यति बेलासम्म तुरुन्तै हस्तक्षेप गर्नु आवश्यक छैन ।

तर श्वासनली वा खाद्यनली (खाना निल्ने नली) मा केहि नरहेको निश्चित गर्नका लागि तुरुन्तै नजिकको अस्पतालको आकस्मिक कक्षमा जानु धेरै महत्वपूर्ण छ ।

हेमलिच युक्ति

हेमलिच युक्ति कहिले प्रदर्शन गर्ने भन्ने बारेमा जान्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।

श्वासनलीमा पूर्ण बाधा हुदाँमात्र हेमलिच युक्तिको लागि संकेत गरिन्छ (चोकिङ बिरामी खोक्न, बोल्न वा सास फेर्न सक्दैनन् र प्याजी वा निलो रङ्ग फेरिँदै जान्छन्) ।

अर्को थाहा हुनु पर्ने कुरा हेमलिच युक्ति कसरी अपनाउने हो । सुरक्षित हुनको लागि कृपया लाइफ-सेभिङ (वा बेबी-सिटिङ) कोर्स लिनुहोला, जहाँ तपाईँले म्यानिक्विन्सको बारेमा सबैभन्दा नवीनतम प्रविधि अभ्यास गर्न सक्नुहुनेछ।

यस्ता कोर्सहरू फेला पार्न, हामी तपाईँलाई गुगल सर्चमा “सेन्ट जोन एम्बुलेन्स” वा “रेड क्रस” खोजी गर्न सुझाव दिन्छौँ ।

हेमलिच युक्तिका प्रकारहरू (बूढाबूढी, छोराछोरी र बच्चाहरूका लागि) प्रदर्शन गर्न जान्नाले कसैको करङ भाँचिने वा कलेजो र फियो फुट्ने सम्भावनालाई कम गराउँछ ।

हाल हेमलिच युक्ति धेरै अपनाइन्छ । असल नियत सहित, यो अक्सर चोकिङको बिरामी अझै पनि कुरा गर्न सक्ने र खोक्न सक्ने (तर अनुहार रातो भइसकेको) बेला प्रयोग गरिन्छ ।

के तपाईँलाई थाहा थियो?!

चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]