सबैभन्दा साधारण बाहिरी तत्वहरू

संसारभरि सबैभन्दा साधारण एरोडाइजेस्टीभ बाहिरी तत्वहरू माछाको हड्डी, सिक्का, बदाम र बीउहरू हुन्।

सिक्काहरू

सिक्का सामान्यतया एशोफागसमा अड्किन्छ। तिनीहरू सबैभन्दा धेरै साधारण एरो-डाइजेस्टीभ बाहिरी तत्वहरू हुन् जसलाई सामान्य रूपमा बेहोश बनाएर हटाउनुपर्छ।

बदाम र बीउहरू

मुमफली र बदाम ब्रोन्काइमा भेटिने सबैभन्दा साधारण नट्स हुन्। अन्य खानाभन्दा बदामले बढी नै ब्रोन्काइको सूजन गराउँछ। दुबै सूर्यमुखी बीउ र तिनका खोस्टाहरू चोकिङका खतराहरू हुन्।

माछाका हड्डीहरू

निल्ने नलीमा अड्किने सबैभन्दा साझा बाहिरी तत्तवहरू हुन्; यसले घाँटी र/वा छातीमा गम्भीर संक्रमण निम्त्याउन सक्छ। कुखुराको हड्डीहरू पनि खतरनाक हुन्छन्।

काँचो तरकारी

एउटा अर्को एकदमै साधारण ब्रोन्कसमा अड्किने वस्तुमा काँचो गाँजर पनि हो, जसलाई टिथरको रूपमा कहिल्यै प्रयोग गर्नुहुँदैन! गाँजर पकाएमा व्यापक रूपमा जोखिम घटाउँछ।

काँचो फलफूल

स्याउ (वा नासपाती) को बोक्रा हटाइए पनि, कुरुम-करुम हुने काँचो फलमा अझैपनि चोकिङको जोखिम हुन्छ। खरबुजाको बीउ सबैभन्दा साझा एस्पिरेटेड फलको बीउ हो। खरबुजाको बोक्रा पनि ब्रोन्कसमा अड्किने वस्तुमा पर्छ।

कडा क्यान्डीहरू

कडा, गोलो क्यान्डीहरूलाई स्वरतन्त्रीको बीचमा श्वाससँगै (वा पछाडि) निलिएमा वा निलिएमा (पछाडिबाट श्वासमार्गलाई दबाएर) तिनीहरू घातक हुन सक्छन्।

फुल नफुलेका मकैका ठेट्नाहरू

फुलेका मकैभन्दा फुल नफुलेका मकैका ठेट्नाहरू धेरै खतरनाक हुन्छन्। फुल नफुलेका मकैका ठेट्नाहरू प्राय: अड्किएको भेटिने वस्तुमा पर्दछन् ।

प्लास्टिकका स्टिकर र खेलौनाका भागहरू

यो स्टिकर एशोफागसमा अड्किएको थियो। समान स्टिकर्स भोकल कर्डबीचमा अड्किएको थियो।

पिन र सियो

भोजन नलीमा अड्किने खुल्ला सेफ्टी पिन धेरै खतरनाक हुन्छ। यो कपडाको डाइपर चलाउने दिनहरूमा साधारण थियो। आजकल, केही इस्लामिक र सिख राष्ट्रहरूमा थम्बट्याक सामान्य ब्रोन्कियल बाहिरी तत्व भएको छ तर हेडस्कार्फ र पगरी पिन जत्तिको छैन।

किन्डर सरप्राइज खेलौना

९ महिनाको सानो बच्चीले आफ्नो मुख भित्र घिस्रिएर केही हाल्दा आमाले समातिन्।

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]