एक विश्वव्यापी समस्या

Kids with Mardi Gras Beads

विश्वव्यापी, सबैभन्दा धेरै देखिने एरोडाइजेस्टिभ बाह्य वस्तुहरूमा माछाका काँडा, सिक्का, बदाम, आदि र बीउ हुन् । सामान्यतया कुनै विशेष देश र क्षेत्रमा एक निश्चित समयमा प्रचलित प्लास्टिकका प्रकार र धातु खेलौना र हार्डवेयर अनुसार अकार्बनिक बाह्य वस्तु संसारभरि फरक–फरक हुन्छन् ।

उदाहरणका लागि, प्रत्येक वर्ष धेरै महिनाका लागि, न्यू अर्लिन्समा मार्दी ग्रास मनाएपछि, दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा र त्यसभन्दा पर बस्ने बालबालिकाको ब्रोन्काइमा हारको मोती अड्किन्छ। बालबालिका मालाको कारणले निस्सासिएका अन्य दुई उदाहरणहरु विश्वमा पाउन सकिन्छ।

आशा गरे अनुरूप, जेल क्यान्डिको मार्केटिङ् र वितरण, प्रशान्त रिम, उत्तर अमेरिका, युरोपेली र अन्य देशहरुमा गिरावट भइरहेको छ।

कृपया याद गनुहोस् कि तल नक्सामा विशेष स्थानहरूमा “पिन गरिएका” धेरै बाह्य वस्तुहरु क्षेत्रीय साथसाथै संसारका अन्य क्षेत्रमा पनि समस्यापूर्ण छन्।

Pearls

अर्जेन्टिना

अर्जेन्टिनामा नाक अथवा तल्लो एरोडाइजेस्टीभ नलीमा अड्किने बाह्य वस्तुमध्ये लगभग २०% मोती हुन्छ।[Ref:32]

अर्को बिन्दु चयन गनुहोस् ...

Isreal

इजरायल

प्रभावकारी चोकिङ रोकथाम अभियान, जसले बालबालिकामा चोकिङका घटनाहरु ३५%ले कम गरेको छ।[Ref:18]

अर्को बिन्दु चयन गनुहोस् ...

Kinder Egg

इटाली

इटालियन कम्पनी, फेरेरोले बनाएको किन्डर सरप्राइज एग्ज, संयुक्त राज्य अमेरिकामा प्रतिबन्धित छ। ( बाहिरी खोलमा “स्मल पार्ट्स(साना टुक्राहरू)” को चेतावनी संकेत हुँदाहुँदै पनि)

अर्को बिन्दु चयन गनुहोस् ...

(بي بي كيو فرشاة (حديثة

ओन्टारियो

बार्बेक्यु ब्रश ब्रिशलको जोखिम पहिलो चोटि टोरोन्टोमा रिपोर्ट गरिएको थियो।

अर्को बिन्दु चयन गनुहोस् ...

Hordeum pusillum

कान्सास

ग्रासहेड (हरडियम पुसिलिलम इनफ्लोरेसेन्स) घाँसे मैदान क्षेत्रमा आम रूपमा पाइन्छ। त्यसको ब्रोङ्कसभित्र गोलमाल गर्ने कार्यले ग्रासहेड फोक्सो हुँदै मुटुभित्र पुग्न सक्छ, वा छातीको छालाबाट बाहिर निस्कन सक्छ।[Ref:14][Ref:21][Ref:36]

अर्को बिन्दु चयन गनुहोस् ...

Mamoncillo

कोलम्बिया

सोपबेरी रुखमा फल्ने यो फल केन्द्रिय र दक्षिण अमेरिकामा धेरै प्रशिद्ध छ।

कोलम्बियामा यो सबैभन्दा खतरनाक चोकिङ जोखिम मध्ये एक हो।

यो फल देशका साना बच्चाहरुलाई हरेक दिन दिने गरिएको छ।

यो फलफूलको साह्रो टुक्रा (पिट) सुप्राग्लोटिसमा सबैभन्दा नराम्ररी अड्किन्छ।

अर्को बिन्दु चयन गनुहोस् ...

Gel Candy 2

क्यालिफोर्निया

२००१ मा क्यालिफोर्नियाका धेरै बालबालिकाहरुको जेल क्यान्डिको कारणले मृत्यु भयो, जसले खाद्य चोकिङ रोकथाम ऐन निर्माण गर्नको लागि प्रोत्साहित गर्यो।

अर्को बिन्दु चयन गनुहोस् ...

Crete Flag

क्रेटे

प्रभावकारी चोकिङ रोकथाम अभियान, जसले बालबालिकाहरुमा चोकिङको घटना २५% ले कम गरेको छ।[Ref:19]

अर्को बिन्दु चयन गनुहोस् ...

فول الصويا ادامامي

ग्रेटर व्यान्कूवर

यस क्षेत्रमा, एउटा इडामामे सिमी बच्चाको श्वासनलीमा अड्कियो। यो खाना विश्वभरी सेवन गरिए तापनि हाल अंग्रेजी भाषाको चिकित्सा साहित्यमा इडामामे बिन इनहेलेसनको कुनै रिपोर्ट छैन।

अर्को बिन्दु चयन गनुहोस् ...

بذور البطيخ

चीन

विश्वव्यापी रुपमा चिनियाँ नयाँ वर्ष समारोह मनाउँदा आम रूपमा खरबूजा एक अङ्ग हो। खरबूजाको बीउ (र छिल्का) ब्रोन्कियल बाह्य वस्तु बन्न सक्छ।[Ref:25]

अर्को बिन्दु चयन गनुहोस् ...

Japan Flag

जापान

जहाँ माछा एक नियमित आहार हुन्छ, सामान्यतया माछाको काँडा गलामा अड्किन्छ।[Ref:23]

यसबाहेक, (खतरनाक, कोन्जाकमा आधारित) जेल क्यान्डी बनाउने कारखाना जापान र ताइवानमा संचालित छन्।

अर्को बिन्दु चयन गनुहोस् ...

دبوس الوشاح

टर्की

मुख्यतया इस्लामिक र सिख धर्मावलम्बी रहेका धेरै देशहरुमा टाउको छोप्ने रुमाल र टर्बनका पिन बारम्बार निकालिन्छन्।[Ref:26][Ref:27][Ref:28][Ref:29][Ref:30]

अर्को बिन्दु चयन गनुहोस् ...

狂歡節的小珠珠

न्यूअर्लिन्स

नयाँ अर्लिन्स र अमेरिकाको दक्षिणपूर्वी क्षेत्रभरी मार्दी ग्रास मोती आम रूपमा पाइने बाह्य वस्तु हो।[Ref:24]

अर्को बिन्दु चयन गनुहोस् ...

Pakistan Flag

पकिस्तान

पकिस्तानमा सुपारी बारम्बार चोकिङको जोखिम रहँदै आएको छ।[Ref:26]

अर्को बिन्दु चयन गनुहोस् ...

د/ جاكسون دراسة مكررة لجسم غريب

पेन्सिलभेनिया

द ज्याक्सन कलेक्सन (बाह्य वस्तु सङ्ग्रह)ले ३००० भन्दा बढी बाह्य वस्तु समावेश गरेको छ, जुन सेभालियर र उहाँको टोलीले बालबालिकाको माथिल्लो एरोडाइजेस्टिभ नलीबाट निकाल्नु भएको थियो। यी बालबालिकाको जीवन ज्याक्सनले घरेलु उपकरण, उहाँको कोमल प्रविधि र टोलीका दयालु शब्दहरूद्वारा (जसले आजको आम एनेस्थेसियाको स्थानमा काम गरेको थियो) बचाउन सफल भएको थियो ।

अर्को बिन्दु चयन गनुहोस् ...

Gulab Jamun

भारत

गुलाव जामुन खाने प्रतियोगिता हिन्दु समुदायमा विश्वव्यापी रूपमा लोकप्रिय भए तापनि यसले दुःखद अन्त्य हुन सक्छ।

अर्को बिन्दु चयन गनुहोस् ...

Euros

यूरोप

स्थानिय मुद्रालाई सानो आकारको यूरो सिक्कामा परिवर्तन गर्नाले केही यूरेपेली देशहरू जस्तै ग्रीसमा चोकिङ दुर्घटनाको संख्यामा वृद्धि भएको छ।

स्क्यान्डिनेवियन देशहरूले सानो, प्वाल भएको हलुका सिक्का उत्पादन गरेका छन्, जसले गर्दा केहि गरी सिक्का भोकल कर्डमा तेर्सो परेर अड्कियो भने पनि (जुन भाग्यवस दुर्लभ छ) हावाको प्रवाहमा बाधा हुँदैन।

अर्को बिन्दु चयन गनुहोस् ...

Amber Necklace

लिथुआनिया

अमाजोनले हालै धेरै उपभोक्ता वेबसाइटको प्रयोग गरेर दाँत उम्रिरहेका बच्चाका आमाबाबुलाई “बाल्टिक अम्बर” हारको बिक्री गर्न सुरु गरेको छ। एक टुक्रिएको हार चोकिङको लागि गम्भीर जोखिमको कारण बन्न सक्छ।

अर्को बिन्दु चयन गनुहोस् ...

Saudi Arabia Flag

साउदी अरेबिया

मुख्यतया इस्लामिक र सिख धर्मावलम्बी रहेका धेरै देशहरूमा टाउको छोप्ने रुमाल र टर्बनका पिन चोकिङका लागि सामान्य जोखिम हुन्।[Ref:26][Ref:27][Ref:28][Ref:29][Ref:30]

अर्को बिन्दु चयन गनुहोस् ...

चोकिङले संसारको त्यो क्षेत्रलाई कसरी प्रभाव पार्छ भनेर हेर्नलाई नक्सामा एउटा बिन्दु चयन गनुहोस् ...

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित ५०,००० बालबालिकालाई (१४ वर्ष वा साना) चोकिङको दुर्घटना हुने गरेको छ । [Ref:34]

सन्दर्भहरू