भोकल कर्डको बीचमा पुतली आकारको स्टिकर

निकासी मामला

पुतली आकारको प्लास्टिक स्टिकर एक बच्चाको भोकल कर्ड बीच अड्कियो।[Ref:9] । यसले सानो आवाजमा, कर्कश चिच्याहट उत्पन्न गरायो; सासलाई भित्र र बाहिर लिदाँ हल्लाको आवाज आउने; र कुकुर वा सील भुकेको जस्तै आवाज (क्रुप जस्तै) सुनियो । त्यो स्टिकर फोरसेप(चिम्टा)ले निकालिएको थियो, जसले गर्दा अड्किएको वस्तुले प्रवृत्त गरेको इनफ्लेमेटरी (प्रज्वलनकारी) तन्तुको हल्का रगत निस्किएको थियो । अड्किएको वस्तु हटाइसकेपछि त्यस्तो इनफ्लेमेटरी(प्रज्वलनकारी) तन्तु तीव्र गतिमा पूर्वावस्थामा आउँछ ।

टिकरहरू अपेक्षाकृत रूपमा ट्रान्सग्लोटिक ल्यारिङ्गल अड्किने वस्तु हुन्। सिसाकलम तिखारेर निस्किने काठका टुक्रा, अण्डाको बोक्राका टुक्रा र केचअप प्याकेटका च्यातिएका कुनाले समान प्रकारका समस्या सिर्जना गरेका छन्।

के तपाईँलाई थाहा थियो?!

क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]