वायु-मार्

निलेको वस्तु भोकल कोर्डको माथि, बिचमा वा तल अड्किन सक्छ ।

यसले तेज खोकी लगाउन सक्छ जुन कम्तिमा एक मिनेट सम्म रहन्छ ।

सामान्यतः वस्तु तल विन्डपाइप (ट्राकिया) हुदैँ ब्रोन्काइमा पुग्छ ।

Supraglottic Larynx

सुप्राग्लोटिक ल्यारिंक्स

भोकल कर्ड भन्दा ठ्याक्क माथि बाह्य वस्तुहरू अड्किने घटना बिरलै हुन्छन् । उदाहरणको लागि क्रिसमस ट्रि अर्नमेन्टको हार्डवेयर वा फिसहुकलाई लिन सकिन्छ । बिरामीले भित्र सास फेर्दा सामान्यतया आवाज आउँछ र निल्ने बेला दबेको आवाज आउने र पिडा हुने हुन्छ ।

Transglottic Larynx

ट्रान्स्ग्लोटिक ल्यारिंक्स

पातलो, धारिलो वस्तुहरू जस्तै प्लास्टिक स्टिकर, शिसाकलम तिखारेका टुक्रा र अण्डाका बोक्रा भोकल कोर्डमा अड्किन सक्छ र तन्तुहरू सुन्निन सक्छ । बिरामीलाई सामान्यता गम्भीर रूपमा गला बस्ने, सास भित्र-बाहिर गर्दा आवाज आउने र “बारकिङ(भुकेको जस्तो)” खोकी हुन सक्छ । कहिलेकाहिँ क्रुप (ल्यारिंक्स र ट्राकियामा सङ्क्रमण) को रुपमा गलत निदान भएको हुनसक्छ ।

لحم الخنزير المقدد في القصبة الهوائية

ट्राकिया

बाह्य वस्तुहरू एकदम विरलै ट्रेकियामा अड्किन्छन् । बेकन र काठका टुक्रालाई उदाहरणको रूपमा लिन सकिन्छ । बिरामीलाई सामान्यता मन्द (धोद्रे) आवाज आउने हुन्छ, प्राय: सास भित्र फेर्दा भन्दा सास बाहिर फेर्दा हुन्छ । ट्राकियामा मार्बल वा अरु ठूलो वस्तुले श्वासप्रश्वासमा मुख्य रूपमा अवरोध गर्छ ।

(AP) اشعة اكس بي بي كريات صغيرة في القصبة الهوائية

ब्रोन्काई

अधिकांश वायु-मार्गमा हुने बाह्य वस्तु ब्रोन्काइमा अड्किन्छ (सामान्यता दाँयामा) । उदाहरणको लागि, बदाम, खस्ता फल वा तरकारी, प्लास्टिक खेलौनाका भागहरू र थम्बट्याकलाई लिन सकिन्छ । सुरुमा खोकी लागिसके पछि बिरामीलाई अलि हल्का महसुस हुन्छ, तर फेरि हाइ-पिच “ह्विजज” सुनिने हुन्छ र एक हप्ता पछि निमोनिया । दमसँग भ्रमित हुनुहुन्न ।

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित २,००० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोक गर्छन् । [Ref:34]