चोकिङबाट अरूलाई बचाउनु

  • कहिल्यै जेल क्यान्डि किन्ने (वा उपभोग) नगर्नुहोला
  • “टिथिङ(दाँत उम्रिँदा)” को लागि “सुथर(चुसनी)” को रूपमा शिशुलाई काँचो गाँजर कहिल्यै नदिनुहोला ।
  • कृपया बदाम वा खस्ता फल वा तरकारी कम्तिमा ३ वर्ष पुगेको (र क्रस्टी पाउरोटीलाई चोकिङ नगरी चपाउन र निल्न सक्ने) नभएसम्म बच्चाहरूलाई नदिनु होला ।
  • बच्चाहरू कम्तिमा ५ वर्ष नपुगेसम्म (र नरम मासु चोकिङ नगरी चपाउन र निल्न सक्ने नभएसम्म) हट डग्ज, अंगुर र चेरी टमाटरलाई लामो पारेर दुई पटकसम्म काट्नुहोस् ।
  • माछा र कुखुरा तयार गर्दा र खाँदा सावधान रहनुहोला । सकेसम्म धेरै भन्दा धेरै हड्डी हटाउनु होस् र हरेक पटक निल्नुभन्दा अगाडि जिब्रोले हड्डीलाई जाँच गर्नुहोस् ।
  • “चलचित्र हेर्ने” समयमा – कचौराको तलका ती फूल नफुलेका मकैका दाना हटाउनु होस् (या पूरा नफुलेका मकैका दाना अर्को कचौरामा राख्नुहोला वा “कर्नेल क्याचर” प्रयोग गर्नुहोला) ।
  • “बालमैतरी” घर तथा दिवा स्याहार केन्द्र ( विशेष गरी हात र मुखले वातावरण अन्वेषण गर्न लागेका बामे सर्ने बच्चाहरूको लागि)।
  • बच्चाहरूलाई डिस्क ब्याट्रि वा मिनि-म्याग्नेट्स (खेलौना चुम्बक) सँग खेल्न नदिनुहोला!
  • साना बालबालिकालाई सिक्का, सिलाइ किट, उपकरणको बाकस (हार्डवेयर कन्टेनर) वा बच्चाहरूको लागि डिजाइन गरिएको खेल (साना भागहरू भएका) खेल्न नदिनुहोला ।
  • एक “स्मल पार्टस् सिलिन्डर” (धेरै खेलौना पसलमा उपलब्ध) ले कुनै वस्तु चोकिङको जोखिम हो हैन भन्ने कुरा निर्धारण गर्न सहयोग गर्छ । जुन वस्तु यो सिलिन्डर (वा एउटा खालि टोइलेट पेपर रोल) बाट छिर्छ, त्यस्तो वस्तुलाई बच्चाहरूको पहुँच बाहिर राख्नुपर्छ ।[Ref:22][Ref:42]
  • चोकिङको जोखिम बच्चाहरूको पहुँच बाहिर राख्नका लागि जन्मदिनको भोज, ब्याकयार्ड बारबेक्यू र छुट्टीको समारोहमा अतिरिक्त सावधानी अपनाउनुपर्छ ।
  • अल्कालाइन हेयर प्रोडक्ट्स (जस्तो “एक्टीभेटर” वा “रिल्याक्सर”) र अन्य कस्टीक पदार्थ, जेल र पाउडर (डिसवासर डिटरजेन्ट लगायत) बच्चाहरूको पहुँच बाहिर राख्नुहोस् ।[Ref:15]
  • एमोनिया क्याप्सुल प्राथमिक उपचार किटभन्दा बाहिर राख्नुहोला ।[Ref:16]
  • शिशुहरू घर बाहिर खेल्दा ध्यान पुर्याउनु होला; बच्चाहरूले सल्लाका पात (सुइरा), साना ढुङ्गा र केहि प्रकारका घास निलेका छन्, जुन धेरै खतरनाक हुन सक्छ ।[Ref:14][Ref:17][Ref:21]
  • ओठको बीचमा कलमको बिर्को, पिन, सियो वा अन्य हार्डवेयर कहिल्यै नसमात्नुहोस्, गम वा क्यान्डि आफ्नो मुखमा हालेर शारीरिक अभ्यास नगर्नुहोस् र अरूहरूका लागि राम्रो उदाहरण बन्नुहोस्, ।
  • खाना प्रतियोगितामा भाग लिन वा खानासँग खतरनाक खेल खेल्न अरुलाई निरुत्साहित गर्नुहोस् । थप जानकारीका लागि चोकिङबाट आफूलाई बचाउने खण्डको अन्तमा हेर्नुहोस्।
  • कृयया लाइफ-सेभिङ (वा बेबी-सिटिङ) कोर्स लिनुहोला!

के तपाईँलाई थाहा थियो?!

हरेक चोकिङसँग सम्बन्धित मृत्युका लागि, अस्पतालको आकस्मिक विभागमा अनुमानित ११० बालबालिकालाई गैर-घातक चोकिङका लागि उपचार गरिएको हुन्छ ।[Ref:43]

सन्दर्भहरू