हाम्रा साझेदारहरू

बि स्मार्ट, डोन्ट चोक वेबसाइट केहि असाधारण संगठनहरूसँग साझेदारी गर्न सक्षम भएको छ।

रोयल कलेज (क्यानडा)

क्यानाडाको रोयल कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स क्यानडामा रहेको विशेषज्ञ स्याहार गृह हो जसले स्नातकोत्तर चिकित्सा शिक्षाको स्तर सेट गर्छ र ४७,००० विशेषज्ञ चिकित्सकहरू, शल्यचिकित्सक र आवासीय सम्बद्ध(अफिलियट)हरूलाई उनीहरूको व्यावसायिक विकासमा टेवा पुर्याउँछ र राष्ट्रव्यापी रूपमा स्वास्थ्य प्रणालीलाई पनि सहायता प्रदान गर्दछ।

हाम्रो मिशन चिकित्सा शिक्षा, व्यावसायिक स्तर, चिकित्सकको दक्षता र स्वास्थ्य प्रणालीलाई लगातार सुदृढीकरण गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेर क्यानाडाको स्वास्थ्य र स्याहारमा सुधार गर्नु रहेको छ।

सेन्ट जोन एम्बुलेन्स

सेन्ट जोन एम्बुलेन्स क्यानेडालीहरूको स्वास्थ्य, सुरक्षा र जीवनस्तरमा सुधार ल्याउनको लागि समर्पित एक परोपकारी र अन्तराष्ट्रिय संगठन हो ।

१८८३ देखि क्यानडामा प्राथमिक उपचार र CPR सेवाका लागि उत्कृष्टताको मानकको रूपमा स्थापित सेन्ट जोन एम्बुलेन्सले कार्यस्थल, घर र खेल्ने ठाउँमा नवीनतम कार्यक्रम तथा वस्तुहरू उपलब्ध गराउँछ । १२०० भन्दा बढी स्वयम्सेवकले आपत्काल तथा चिकित्सकीय उद्धार कार्य, युवा कार्यक्रम, र थेरापी (उपचारात्मक) कुकुर सेवा मार्फत् BC र युकोनमा वर्षको २४०,००० घण्टाभन्दा अधिक समय बिना कुनै तलब समाज सेवा प्रदान गर्ने सेन्ट जोन एम्बुलेन्स समुदायको अभिन्न अंग हो।

BCIRPU

BCIRPU ले सरोकारवालाहरूलाई अनुसन्धानमा आधारित नेतृत्व र समन्वय प्रदान गर्न प्रान्तीय “हब” सेवा प्रदान गर्दछ जसले बि. सि. मा हरेक उमेर समूहको सामाजिक तथा आर्थिक भार न्यूनीकरण गर्छ।

बि सि बाल अस्पताल स्थित, BCIRPU नवीनताका लागि प्रमाण, बाल तथा परिवार अनुसन्धान संस्थानभित्रको एक कोर अनुसन्धान कार्यक्रम हो। BCIRPU ले एक प्रशिक्षण केन्द«को रूपमा पनि सेवा प्रदान गर्छ, किनकि इकाइका धेरै कर्मचारी ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्दछन्। BCIRPU ले बि सि मा चोटपटक कम गर्न सर्वोत्तम अभ्यासहरू सहित अनुसन्धान र प्रमाण अनि नीति तथा कार्यक्रमको विकासका आवश्यकतालाई समायोजन गरेर एक रणनितिक इकाइको रूपमा स्थापित भएको छ।

प्रमुख उद्देश्य समावेश

  • बि सि मा चोटको भार कम गर्ने।
  • अनुसन्धान र ज्ञानको विकासको नेतृत्व गर्ने।
  • निगरानीमा सुधार गर्ने।
  • प्रमाणमा आधारित रोकथामको मार्गदर्शन गर्ने।
  • पेशाकर्मी तथा चिकित्सकहरूलाई सहायता प्रदान गर्ने।
  • जागरुकता, शिक्षा र सार्वजनिक सूचना प्रदान गर्ने।

सुसी सेफ

सुसी सेफ खाना र गैर-खाद्य बाह्य वस्तु पस्ने, निल्ने, सर्किने वा अन्तर्ग्रहणको (इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज ICD-9 930-939 अनुरूप) अनुगमन दर्ता हो । यसले हाल २५,००० घटनाहरू संकलन गरेको छ।

सुसी सेफ रेजेस्ट्रिीका मुख्य लक्ष्यहरुः

  • वस्तुहरूको चोट पुर्याउने जोखिम प्रोफाइललाई निर्दिष्ट गर्ने (अनुपयुक्त वस्तुको डिजाइन र प्याकेजिङ्गको पहिचान गर्नको लागि अनुगमन प्रणालीको विकास गर्न, खतरनाक वस्तुहरूको संकेत गरेर उपभोक्ताको सुरक्षा ग्यारेन्टी गर्न, स्वीकारयोग्य जोखिम र बजारबाट उत्पादन फिर्ता गर्दाको अनुमानित आर्थिक असर बीच तुलना गरेर खतराजनक वस्तुका जोखिम/लाभहरू सम्बन्धी तुलनात्मक आँकडा उपलब्ध गराउन);
  • सामाजिक (आर्थिक असमानताले FB चोटलाई कसरी असर गर्छ भन्ने कुरा विश्लेषण गर्ने;
  • डाटा संग्रह र सुरक्षा निगरानीमा सरोकारवालाहरूलाई समावेश गर्ने।

सुसी सेफ रजिस्ट्रीमा संकलित केसहरू स्तरीकृत वेब फाराम प्रयोग गरी चिकित्सकहरू, ORL विशेषज्ञहरू, न्युमोलोजिस्टले नाम नखुलाईकन रिपोर्ट गरिएका हुन्छन्। प्रत्येक केसको लागि, बालबालिकाका विशेषताहरू, चोटको परिस्थिति, वाह्य वस्तुका विशेषता, चोट र अस्पताल भर्नाका विशेषताहरूको सन्दर्भमा हेटेरोजिनियस (विजातीय) विवरण संकलन गरिएको छ ।

अभिभावक, परिवारका सदस्य र बच्चाको हेरविचार गर्ने मान्छे जसले वाह्य वस्तु अड्किएको घटना अवलोकन गरेका छन्, उहाँहरूलाई उपभोक्ताहरूका लागि वाह्य वस्तु अड्किने घटनाको सर्वेक्षणमा सहभागी बन्न आमन्त्रित गरिन्छ (जुन कुराको लागि केहि मिनेट मात्र लाग्छ) जसले रजिस्ट्रीलाई सुधार ल्याउन र त्यस्ता घटना रोक्नका लागि एक कदम अगाडि जान मद्दत गर्दछ ।

सेफ फुड फर चिल्ड्रेन

सुसी सेफ रजिस्ट्रीको तथ्याङ्कले सबैभन्दा धेरै घटना घट्ने कारण खाना नै हो भनेर देखाएको छ। विशेष गरी हड्डी, बदाम र बीउ, अनाज (दाना)ले अधिकतम घटनाहरू (३२%, २२% र २१% क्रमशः लेखाको लागि) घटेका छन् तर सबैभन्दा गम्भीर रूपमा घाइते बनाउने मासु, मीठाई र समान प्रकारका विशेषता (स्थिरता, आकार) रहेका अन्य खानाका प्रकारहरू छन् । यसबाहेक, घाइते हुनेमध्ये आधा वयस्कहरूको निगरानीमा भएका छन्, जसमा खतरनाक खाद्य वस्तुहरू बारे ज्ञानको कमी देखिएको छ।

परियोजनामा छोटा भिडियोहरूका श्रृंखला छन्, जुन सम्बन्धित वेबसाइटहरूमा नि:शुल्क उपलब्ध छ। प्रत्येक भिडियोमा बालबालिकामा खानाबाट चोकिङ हुने बारेको एक विशेष विषयको चर्चा गरिएको छः महामारी, बालबालिकाको शारीरिक संरचना, बाधक संयन्त्र र खानाको तयारी । अमेरिका र क्यानाडाको खाना पकाउने तरिका सम्बन्धी निर्देशिकालाई आधार मानेर भिडियोले सबैभन्दा खतरनाक खाना पनि बच्चाहरूले सुरक्षित रूपमा खान सक्ने बनाउने सरल उपायहरू सहित, खतरनाक खाद्य पदार्थ कसरी तयार गर्ने भन्ने विषयमा स्पष्ट र सकेसम्म सरल तरिकाले आधारभूत जानकारी प्रदान गर्दछ ।

प्रत्येक विषय क्षेत्रगत विशेषज्ञद्धारा प्रस्तुत गरिएको हुन्छ: बायोस्टाटिस्टिक्स तथा एपिडेमियोलोजीका प्राध्यापक, ENT चिकित्सक, बाल रोग विशेषज्ञ, अनुसन्धानकर्ता, पेशेवर सेफ डि क्विजिन । यसबाहेक, विभिन्न जनजातीय र सामाजिक पृष्ठभूमिका मानिसहरूले (थुप्रै अवस्थामा साना बालबालिकाको अभिभावक) स्वेच्छिक रूपमा भिडियो हेर्न र बुझ्न सहभागी बने। यी भिडियोहरू अंग्रेजी, इटालियन, स्पेनी र इटालियन साङ्केतिक भाषामा उपलब्ध छन् र सकेसम्म धेरै मानिसहरूसम्म पुग्न पर्तुगाली, फ्रान्सेली, अरबी, रसियाली, चिनियाँ र जापानी भाषामा उपलब्ध हुनेछ।

YNOTFORTOTS

रिटिश कोलम्बियाको भ्यान्कूवरमा अवस्थित YNOTFORTOTS एउटा गैरनाफामूलक संगठन हो, जसको लक्ष्य सबै बालबालिकालाई खेल्न, सिक्न र बढ्नलाई राम्रो मौका प्रदान गर्नु रहेको छ । क्यानाडाको सबैभन्दा धेरै बच्चाको विपन्नता दर ब्रिटिश कोलम्बियामा छ, जहाँ तथ्याङ्कगत हिसाबले हेर्दा, ५ बच्चामध्ये १ बच्चा विपन्न मानिन्छ। हाम्रो उदेश्य यी बालबालिकाको जीवनमा प्रभाव पार्नु हो।

हाम्रो पृथक वस्तु रजिस्ट्री र अनुदान संरचनाले सबै चन्दा दिइएका वस्तुहरू सिधै अति विपन्न बालबालिकालाई जान्छ भन्ने कुरा सुनिश्चित गर्दछ। विद्यालय र अभिभावकले एउटा वस्तु अनुरोध गर्न सक्नुहुन्छ जुन हामी अनलाइन सामग्री रजिस्ट्रीमा संलग्न गर्नेछौँ । दाताहरूले रजिस्ट्रिी ब्राउज गर्न सक्छन् र अनुदानमा प्राप्त वस्तुहरू छन् भने हामीलाई सम्पर्क गर्नसक्नुहुन्छ । यस तरिकाले, सबै अनुदानमा प्राप्त वस्तुहरू सिधै अनुरोध पेश गर्ने व्यक्तिलाई वितरित गरिनेछ।

छनोट गरिएका विद्यालयहरू हाम्रो विशेष परियोजना पहलकदमीका अङ्ग बन्न सक्छन् जसमा हामी एउटा विद्यालयलाई अपनाउँछौँ र उहाँहरूको रजिस्ट्रीमा परेका सबै सामग्रीहरू चन्दा सङ्कलन गर्नमा केन्द्रित गर्दछौँ । यदि विद्यालयलाई धेरै वस्तुहरूको(एथ्लेटिक उपकरण, संगीत उपकरण, लत्ताकपडा, बालबालिकाका लागि पुस्तकहरू वा पाठ्यपुस्तकहरू) आवश्यकता छ भने, उनीहरूले हाम्रो विशेष परियोजनामा संलग्न हुनको लागि अनुरोध गर्न सक्नुहुन्छ। हामी उहाँहरूको निवेदन प्राप्त गरेपछि उनीहरूलाई सम्पर्क गर्नेछौँ । त्यसपछि हामी विद्यालयको वृत्तान्त/विवरण हाम्रो विशेष परियोजनाका पृष्ठमा पोस्ट गर्छौँ र अनुरोध गरिएका वस्तुहरू हाम्रो सामग्री रजिस्ट्री पृष्ठमा पोस्ट गछौँ । हामी हाम्रो सहयोग संकलन त्यस विद्यालयमा केन्द्रित गर्नेछौँ र विभिन्न माध्यमबाट विज्ञापन गर्दछौँ ताकि अनुरोध गरिएका वस्तुहरू समय सीमाभित्र विद्यालयलाई प्राप्त होस्।

के तपाईँलाई थाहा थियो?!

यूरोपमा, ५ बाल्यावस्थामा हुने चोकिङको घटनामध्ये एकमा औद्योगिक वस्तुहरू, जस्तै, प्लास्टिक र मेटल पार्ट्स, सिक्का, र खेलौना, समावेश हुन्छन् ।[Ref:34]