ब्रोन्कसमा ढुङ्गा

निकासी मामला

यो ढुङ्गा एक कलिलो उमेरको बच्चाले विद्यालयको खेल्ने मैदानमा निलेको थियो । यो आंशिक रेडियोपेक भएका कारण यसलाई एक्सरेमा हल्कामात्र देख्न सकिन्छ, दाहिनेपट्टिको मुख्य श्वासनलीलाई ब्लक गरेको छ ।

“ग्रेट आउटडोर्स” ले अरू सम्भावित चोकिङका खतराहरू समावेश गर्दछ । केहि घाँसका बालाहरू श्वासनलीमा अड्किने खतरनाक वस्तु हुन सक्छन् (किनभने तिनीहरूसँग प्राकृतिक “र्याचेटिङ” कार्य हुन्छ जसले गर्दा तिनीहरूलाई तल तल तान्दै लान्छ ।)।[Ref:14][Ref:17][Ref:21]

देवदारका छेस्का र सल्लाका सुई (पात) पनि एरोडाइजेस्टीभ वाह्य (अड्किने) वस्तु बन्न सक्छन् ।

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष, लगभग २० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोकिङ गरेर ज्यान गुमाएका छन् । [Ref:34]