चोकिङ जसलाई पनि, जुन उमेरमा पनि हुन सक्छ, तर अक्सर बच्चाहरूलाई हुन्छ।

चोकिङको बारेमा थाहा हुनु पर्ने ३ मुख्य कुराहरुः

1

लगभग एउटा शिशु वा बच्चाको हातमा अट्ने कुनै पनि वस्तु संभावित चोकिङको खतरा हो।

2

सबैभन्दा खतरनाक चोकिङ जोखिमहरूमा हट डग्स्, अंगुर, जेल क्यान्डिज, डिस्क ब्याट्री र फुटेका बेलुन पर्दछन्।

3

मुखमा खाना राखेर कुरा गरेमा वा यताउता हिँडेमा चोकिङको जोखिम बढ्छ (तपाईँ पहिले कहिले चोकिङ नभएको भए पनि) ।

यहाँ कसैको जीवन बचाउन सक्ने केही सरल रणनीतिहरू छन्ः

Preteens Strategy #1

घर, विद्यालय र पार्टीमा चोकिङका संभावित जोखिमहरू हटाएर तपाईँले साना बालबालिकाको हेरचाह गर्न सक्नुहुन्छ।

preteen-strategy2

तपाईले जीवन बचाउन सिकाउने बच्चाको हेरविचार गर्ने अथवा लाइफगार्ड सम्बन्धी कोर्स (प्रशिक्षण) लिन सक्नुहुन्छ। तपाईले कक्षाको साथी अथवा सहपाठीको जीवन बचाउन सक्नुहुन्छ।