चोकिङ सम्बन्धी पछिल्ला तथ्याङ्क

यस खण्डमा तथ्याङ्कहरू समय-समयमा थपिँदै जानेछ ।

  • २०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]

  • २०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]

  • क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]

  • हरेक चोकिङसँग सम्बन्धित मृत्युका लागि, अस्पतालको आकस्मिक विभागमा अनुमानित ११० बालबालिकालाई गैर-घातक चोकिङका लागि उपचार गरिएको हुन्छ ।[Ref:43]

  • घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]

  • चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]

  • लगभग चोकिङबाट हुने मृत्युको ९५% घरायसी वातावरणमा हुन्छन् ।[Ref:1]

  • यूरोपमा, ५ बाल्यावस्थामा हुने चोकिङको घटनामध्ये एकमा औद्योगिक वस्तुहरू, जस्तै, प्लास्टिक र मेटल पार्ट्स, सिक्का, र खेलौना, समावेश हुन्छन् ।[Ref:34]

  • यूरोपेली संघमा हरेक वर्ष, लगभग २० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोकिङ गरेर ज्यान गुमाएका छन् । [Ref:34]

  • यूरोपेली संघमा हरेक वर्ष अनुमानित २,००० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोक गर्छन् । [Ref:34]

  • यूरोपेली संघमा हरेक वर्ष अनुमानित ४०० बालबालिकाले (१४ वर्ष वा साना) चोकिङबाट ज्यान गुमाएका छन् ।[Ref:34]

  • यूरोपेली संघमा हरेक वर्ष अनुमानित ५०,००० बालबालिकालाई (१४ वर्ष वा साना) चोकिङको दुर्घटना हुने गरेको छ । [Ref:34]