रेडियोलुसेन्ट बाहिरी तत्वको तस्बिर कसरी निकाल्न सकिन्छ?

Xray Comparison

धेरै बाहिरी तत्वहरू (खाना र प्लास्टिकहरू सहित) मा धातु वा सिसा समावेश हुँदैन र तसर्थ सामान्य एक्स-रेमा देखिदैँन।

विशेष एक्स-रे (इन्सपिरेसन र एक्सपाइरेसनमा लिइएको) ले एउटा फोक्सोमा एरट्रयापिङ देखाउन सक्छ, “रेडियोलुसेन्ट” बाहिरी तत्व बाहेक।

यस अवस्थामा, बदामले बिरामीको दाहिने मुख्य ब्रोन्कसमा आंशिक बाधा पारे पनि इन्सपिरेसन समयमा लिएको एक्स-रे सामान्य देखिन्छ।

एक्सपाइरेसन समयमा, दाहिने फोक्सो राम्ररी डिफ्लेट हुन सक्दैन। यसले मुटुलाई बिरामीको बाँयासम्म पुर्याउँछ (तपाईंको कम्प्यूटरको दायाँ पट्टि)

के तपाईँलाई थाहा थियो?!

चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]