आंशिक अवरोध

बाह्य वस्तुले आंशिक अवरोध गराउँदा हेमलिच युक्ति अपनाउनु हुँदैन ।

बरु, चोकिङका बिरामीलाई तुरुन्तै अस्पताल ल्याउनुपर्दछ । यदि बाह्य वस्तु प्लास्टिक हो कि धातु हो, त्यसको नक्कल ल्याउनाले डाक्टरले कुन फोरसेपले सबैभन्दा राम्ररी निकाल्न सक्छ भन्ने कुरा निर्धारण गर्न सक्छन् ।

वायु-मार्

निलेको वस्तु भोकल कोर्डको माथि, बिचमा वा तल अड्किन सक्छ ।

यसले तेज खोकी लगाउन सक्छ जुन कम्तिमा एक मिनेट सम्म रहन्छ ।

सामान्यतः वस्तु तल विन्डपाइप (ट्राकिया) हुदैँ ब्रोन्काइमा पुग्छ ।

स्वालोविङ प्यासेज (निल्ने नली)

जब स्वालोविङ प्यासेजमा वस्तु अड्किन्छ, बिरामीले गला दबाउने, वमन गरेजस्तो गर्ने वा उल्टी गर्न सक्छ ।

बिरामीलाई हल्का “थ्रोट क्लियरिङ(गला सफा गर्ने)” खोकी हुन सक्छ तर तेज खोकी लाग्ने हुँदैन ।

हरेक निल्ने प्रक्रियामा घाँटी दुखाइ महसुस हुन्छ । यो दुखाइ कानसम्म फैलिन सक्छ ।

के तपाईँलाई थाहा थियो?!

क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]