के तपाईँलाई थाहा थियो?!
२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]
जेल क्यान्डीहरू (फ्रुट पपर्स, जेली यम, जेली मिनी र मिनी फ्रुटी जेल्स पनि भनिन्छ) संसारको सबैभन्दा घातक निस्सासिने जोखिम हुन्।
कोन्जाकबाट बनेका यी क्यान्डीहरूलाई सामान्यतया कफी क्रिमर साइजको प्याकेजहरूमा बेचिन्छ। दु:खको कुरा, यो साइज र आकारमा, तिनीहरूले स्वर नलीको बीचमा रबरको कर्क जस्तै गरी भोजन नलीलाई पूर्ण रूपमा ब्लक गर्न सक्छन्।
कोन्जाकलाई डेभिल टङ, कोन्जाकु, भुडु लिली, स्नेक पाल्म र फाइब्रस एलिफेन्ट याम पनि भनिन्छ।
केही प्यासिफिक रिम देशहरूमा यी क्यान्डीहरूलाई “स्वास्थ्य खाना” को रूपमा प्रवर्द्धन गरिएको थियो। जापानमा, तिनीहरू “द डेडली माउथफुल” को रूपमा चिनिन थाले।
कोन्जाक प्राय: बबल टि पर्ल्स (वा क्यूब्स) बनाउन प्रयोग गरिन्छ, जुन एउटा स्ट्रबाट तीव्र रूपमा श्वासमार्गमा जान्छ।
सावधान!!… अविश्वसनीय
एउटा २ वर्षको बच्चाको जेल क्यान्डीले निस्सासिएर केही घण्टा अगाडि मृत्यु भयो जुन क्यान्डी उसको आमाबावुले बोलिभर सिटी, बोगोटा, कोलम्बियाको एक लोकप्रिय छिमेकीको ग्रोसरी पसलमा किनेका थिए।
लिटल जुआन इस्टेबानले जेल क्यान्डी चपाइरहेका थिए र अचानक त्यो उसको घाँटीमा अड्कियो र उसलाई सास फेर्न अवरुद्ध गर्यो।
उसको आमाबावुले उसलाई तुरून्तै स्थानीय स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा लगे, तर आकस्मिक कक्षमा उसमा खास संकेतहरू देखिएका थिएनन्।
जिल्ला अधिवक्ता कार्यालयका प्रहरी र कर्मचारी पिडित सानो बच्चाको आमाबावु र नातेदारहरूको छेउमा लास निरीक्षण गर्न अस्पत्तालमा उपस्थित भए ।
२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]