के तपाईँलाई थाहा थियो?!
२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]
खाद्यनलीमा सेफ्टी पिन प्राय: बच्चाहरूले कपडाको डाइपर लगाउँने समयमा जस्तो आजकल त्यति धेरै भेटिँदैन । जब एउटा खुल्ला सेफ्टी पिन माथि फर्केको अवस्थामा निलिन्छ, पिनले खाद्यनलीलाई तन्काउँछ र अन्ततः घोच्न सक्छ, जसले छाती खतरनाक संक्रमण ल्याउन सक्छ।
खुल्ला सेफ्टी पिनको पोइन्ट सामान्यतया खाद्यनलीको भित्ताबाट बिस्तारै हटाइन्छ र पिन हटाइनुभन्दा अगाडि टुप्पोलाई दह्रो इसोफागोसस्कोप भित्र “सिथ्ड” (खोलभित्र हाल्ने) गरिन्छ।
वैकल्पिक रुपमा, पिनलाई बिस्तारै पेटमा धकेल्न सकिन्छ, ताकि गोलाकार स्प्रिङ (एक लचिलो इसोफागोसस्कोप मार्फत् सानो चिम्टाले) च्याप्न सकियोस् र पिनलाई खाद्यनली हुँदै (टुप्पोलाई “झुण्ड्याउँदै”) निकाल्न सकियोस् ।
लगभग १९४५ तिरको एक भिडियोमा, डा. शेभालियर ज्याक्सनले ८० वर्षको उमेरमा, बिरामीको परिवारलाई १६ “डुब्लीकेट(नक्कली)” सेफ्टी पिन देखाउँदा उहाँको टोलीलाई पिन निकाल्न सबैभन्दा उपयुक्त चिम्टा चयन गर्न मद्दत पुग्यो भनेर व्याख्या गर्नुभएको छ।
अझ तल ८ वर्षको बच्चाको हाइपोफारिङ्क्स् र इसोफागल इनलेटबाट निकालिएका कराते पिनका तस्बिरहरू छन् (उनले बामे सर्दा हातले भेटेर मुखमा हालेका थिए) ।
२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]