बदाम र बीउहरू

बाह्य पदार्थ

बदाम र कागजी बदाम ब्रोन्काइमा भेटिने सबैभन्दा साधारण नट्स हुन्। अन्य खानाभन्दा बदामले बढी नै ब्रोन्काइको सुनिने गराउँछ। क्यान्डी र बेक गरिएको खानामा भएको बदामको सानो भाग पनि दाँत नआएको बच्चाले इनहेल गर्न सक्छ।

डा. शेभालियरले भन्नुभए अनुसार (१०० वर्ष पहिले), एउटा बच्चाको मुखमा बदाम छिरेपछि, यी मध्ये तीन वटा कुरा हुन सक्छः बदामलाई बाहिर निकालिन सकिन्छ, त्यो पूरा निल्न सकिन्छ वा ब्रोन्कसमा इनहेल हुन सक्छ। बच्चाहरूले सुरक्षित तरिकाले निल्न सहायता पुग्ने गरी बदामलाई चपाउन सक्दैनन् (वा बदामको केही भाग)।

एउटा सानो चम्चा भरिको चङ्की पिनट बटर वा मुठ्ठी भरिको बदाम इनहेल गरियो भने घातक हुन सक्छ।

सूर्यमुखी फूलको बीउ र त्यसको खोस्टा दुबै चोकिङका जोखिम हुन्।

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]