ब्रोन्कसमा दाँत

निकासी मामला

एक बच्चालाई दाँत निकाल्ने बित्तिकै खोकी लाग्यो । उसले दाँत निल्यो भनेर विश्वास गर्दै चिकित्सकको कार्यालयबाट गयो । १२ दिन पछि ज्वरो आयो र झन् धेरै खोकी लागेका कारण उनलाई आपतकालीन कक्ष जानु पर्यो । त्यो दाँत दाहिने पट्टिको मुख्य श्वासनलीबाट रिजिड ब्रोन्कोस्कोप र अप्टिकल “टुथ्ड(दाँत भएको)” फोरसेप(चिम्टा)ले हटाइयो।[Ref:12]

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]