चलचित्रमा चोकिङ

निस्सासिने घटनाहरु धेरै चलचित्रमा चित्रण गरिएका छन्।(कहिले सही त कहिले गलत)

कृपया आकस्मिक उपचार हेर्नुहोला र लाइभ सेभिङ कोर्स लिनुहोला।

फिल्ड अफ ड्रिम्स

“फिल्ड अफ ड्रिम्स” (१९८९ मा यूनिभर्सल स्टुडियोद्वारा रिलिज गरिएको) मा डा. आर्ची “मुनलाइट” ग्राहमले ब्लिचरबाट खसी हट डग अड्किएर निस्सासिरहेकी जवान केटी क्यारिनलाई बचाए।

मिसेस डाउटफायर

“मिसस डाउटफायर” मा (१९९३ मा २० औँ सेन्चुरी फक्स द्वारा रिलिज गरिएको), मिसेस डाउटफायरले स्टुवार्टसको कण्ठबाट झिंगा निकाल्न हेमलिच युक्ति अपनाउनुभयो।

ह्वाट अबाउट बब?

“ह्वाट अबाउट बब?” मा (१९९१ मा टचस्टोन पिक्चर्सद्वारा रिलिज गरिएको) बबले के नगर्ने भनेर देखाउँछन्।

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित ४०० बालबालिकाले (१४ वर्ष वा साना) चोकिङबाट ज्यान गुमाएका छन् ।[Ref:34]