हट डगहरू

बाह्य पदार्थ

हट डगहरू (अङ्गुर र जेल क्यान्डी जस्तै) भोकल कर्ड बीच “कर्क सरह” अड्किन सक्छ र श्वासनलीमा पूर्ण बाधा हुन सक्छ। यो अवस्थामा, हेमलिच युक्ति जीवन रक्षक हुन सक्छ।

बच्चाहरू कम्तीमा ५ वर्ष नहुन्जेल (र पोलेको मासुको सानो टुक्रा चोकिङ नगरी निल्न सक्छ), कृपया हट डगलाई लम्बाई अनुसार दुई पटक काट्नुहोला र सानो टुक्रामा काट्नुहोला।

अन्तिम तस्बिरमा देखाइएको हट डगका टुक्रा फेरि काटिएको भए सुरक्षित हुने थियो।

नकाटिएको हट डग दिँए पनि (ठूला बच्चाहरूलाई), कृपया हरेक पटक निल्नु भन्दा अगाडि बसेर राम्ररी चपाउने (नबोली) कुरामा महत्त्व दिनुहोस्।

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]