के तपाईँलाई थाहा थियो?!
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]
बाह्य वस्तुले आंशिक अवरोध गराउँदा हेमलिच युक्ति अपनाउनु हुँदैन ।
बरु, चोकिङका बिरामीलाई तुरुन्तै अस्पताल ल्याउनुपर्दछ । यदि बाह्य वस्तु प्लास्टिक हो कि धातु हो, त्यसको नक्कल ल्याउनाले डाक्टरले कुन फोरसेपले सबैभन्दा राम्ररी निकाल्न सक्छ भन्ने कुरा निर्धारण गर्न सक्छन् ।
निलेको वस्तु भोकल कोर्डको माथि, बिचमा वा तल अड्किन सक्छ ।
यसले तेज खोकी लगाउन सक्छ जुन कम्तिमा एक मिनेट सम्म रहन्छ ।
सामान्यतः वस्तु तल विन्डपाइप (ट्राकिया) हुदैँ ब्रोन्काइमा पुग्छ ।
जब स्वालोविङ प्यासेजमा वस्तु अड्किन्छ, बिरामीले गला दबाउने, वमन गरेजस्तो गर्ने वा उल्टी गर्न सक्छ ।
बिरामीलाई हल्का “थ्रोट क्लियरिङ(गला सफा गर्ने)” खोकी हुन सक्छ तर तेज खोकी लाग्ने हुँदैन ।
हरेक निल्ने प्रक्रियामा घाँटी दुखाइ महसुस हुन्छ । यो दुखाइ कानसम्म फैलिन सक्छ ।
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]