पूर्ण अवरोध

Gel Candies

सामान्यता वायु-मार्गको पूर्ण अवरोध त्यतिबेला हुन्छ जब गोलो, रबरले बनेका वस्तु भोकल कोर्डको(वाक् तन्तु) बीचमा (कर्क जस्तै) भएर अड्किन्छ ।

एउटा साह्रो र गोलाकार वस्तु (जस्तै मार्बल) अथवा धेरै साना वस्तुहरू (जस्तै एक मुठ्ठी बदाम) भोकल कर्ड भन्दा तल निल्यो भने पनि वायु-मार्ग पूर्ण रूपमा अवरोध हुन सक्छ ।

हावा निस्केको/फुटेको बेलुन वा प्लास्टिक र्याप (वा प्लास्टिक झोला) भोकल कोर्ड भन्दा माथि अड्किए पनि वायु-मार्ग पूर्ण रूपमा अवरोध हुन सक्छ ।

लक्षण

चोकिङका बिरामीलाई सास फेर्न, खोक्न वा कुरा गर्न गाह्रो हुन्छ । चोकिङका बिरामी तिव्र गतिमा नीलो (सायानोटिक) हुँदै जान्छन् ।

नतिजा

हेमलिच युक्ति नपनाएसम्म चोकिङका बिरामी मर्नेछन् ।

पूर्ण अवरोध भएको समयमा मात्र हेमलिच युक्ति अपनाउनु पर्छ ।

बालबालिका र वयस्कका लागि हेमलिच युक्ति अपनाउन कृपया लाइफसेभिङ कोर्स लिनुहोला ।

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित ४०० बालबालिकाले (१४ वर्ष वा साना) चोकिङबाट ज्यान गुमाएका छन् ।[Ref:34]