चेतावनीका लेबल

चोकिङका लागि जोखिमयुक्त धेरै उपभोग्य वस्तुहरूमा हाल प्याकेजिङ चेतावनी लेबल भए तापनि धेरैमा छैन ।

एक सय वर्ष पहिलेको जस्तै, धेरै कम्पनीहरू आर्थिक चिन्ताका कारणले चेतावनी लेबल राख्न हिचकिचाइरहेका छन् ।

ओस्कार मेयर एक त्यस्तो कम्पनी हो जसले आफ्नो हटडग उत्पादनहरूमा चेतावनी लेबल राखेको छ (तल भनिए अनुसार), त्यसको लागि यो कम्पनी बधाइको पात्र छ ।

कस्टिक (क्षारशील) वस्तुका लागि, सानो, प्रतीकात्मक “बच्चाहरूको पहुँचबाट टाढा राख्ने” चेतावनी लेबल स्कल(खप्पर) र क्रसबोन (दुई हड्डी क्स गरेको) को चेतावनी लेबल जत्तिकै प्रभावकरी हुन्छ कि हुँदैन, स्पष्ट छैन ।

डिस्क ब्याट्री र जेल क्यान्डिज कुनै पनि चेतावनी लेबल बिना बिक्री भइरहेको छ।

यहाँ केहि लिंक छन् उपभोक्ता वकालतसँग सम्बन्धित । तपाईँले धेरै चोकिङका जोखिमयुक्त वस्तुहरूमा चेतावनी लेबलको कमी बारेमा आफ्नो सरोकार व्यक्त गर्न आफ्ना प्रतिनिधि (हरू) सँग सम्पर्क गर्नसक्नुहुन्छ।

उपभोक्ता वकालत स्रोतहरू

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित २,००० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोक गर्छन् । [Ref:34]