अस्पतालमा उपचार

कसैले चोक गरे भने (श्वासनलीको आंशिक अवरोध सहित), त्यो मान्छे सिधै नजिकको आकस्मिक कक्षमा जानुपर्छ, त्यो व्यक्ति खोक्ने कार्य रोकिएर ठीक भएको महसुस गरे पनि ।

त्यसै गरी, कसैले केहि कुरा खाएर हरेक चोटि निल्दा पिडा बढ्दै जान्छ भने, सो व्यक्ति आपत्कालीन कक्ष वा आफ्नो स्थानीय कान, नाक र घाँटी विशेषज्ञकहाँ जानुपर्छ ।

ढिलाइ गर्नबाट जोगिनाले थप जटिलताहरूबाट जोगिन मदत गर्छ । बाह्य वस्तु नहटाएसम्म (वा अड्किएको छैन भन्ने यकिन नगरेसम्म) चोकिङका बिरामीले थप केहि खानु वा पिउनु हुँदैन ।

होसियार रहनुहोस्, ब्रोन्काइमा भएको बाह्य वस्तुले आस्थ्मा (दम) को जस्तो आभास दिन सक्छ र बामे सर्ने बच्चाहरूको भोकल कर्डको बिचमा कुनै वस्तु अड्किँदा क्रुप (ल्यारिङ्क्स र ट्र्याकिया सुनिने) भएको भान हुन सक्छ । अधिकांश बाह्य वस्तु सामान्य एक्सरेमा स्पष्ट देखिँदैन । निदानमा ढिलाइ हुन नदिन, चिकित्सा टोलीलाई चोकिङको बारेमा पूर्ण ऐतिहासिक विवरण प्रदान गर्नु जरुरी हुन्छ ।

यदि शंका गरिएको वस्तु मेटल वा प्लास्टिक हो भने, डुब्लिकेट ल्याउँदा चिकित्सकले अड्किएको वस्तु निकाल्नको लागि कुन चाहिँ फोरसेप (चिम्टा) उपयुक्त हुन्छ भन्ने कुरा निर्धारण गर्न सक्छन् । यदि कस्टिक (क्षार) पदार्थ निलेको छ भने, अस्पतालमा ब्रान्डको नाम र/वा प्याकेजिङ ल्याउने प्रयास गर्नुहोला ।

के तपाईँलाई थाहा थियो?!

घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]