आफूलाई चोकिङबाट बचाउने

केले चोकिङको जोखिम बढाउँछ?

सामान्यतया, कुनै वस्तु मुखबाट भित्र वायुनलीमा प्रवेश गर्नुभन्दा अगाडि “हावाको लागि स्वाँस्वाँ” (भय, आश्चर्य वा यतिकै “सास फुलेर”) हुने गर्छ ।

  • माथि हेरेर हावाको लागि स्वाँस्वाँ गर्नाले वायुनलीको बाहिर सोझो बाटो सिर्जना गर्दछ …
  • बोल्ने, हाँस्ने, रुने, दौडिने, उफ्रिने, पौडिने, साइकल चलाउने, बोर्डिङ, स्किइङ, स्केटिङ, पर्वतारोहण, कुर्सीलाई पछाडितिर ढल्काउने वा सन्तुलन गर्ने (सीढीमा, खाटमा वा सानो जहाजमा), यी सबैले तपाइलाई कुनै वस्तु सास फेर्दा तान्ने वा निल्ने सम्भावना हुन्छ।
  • चलिरहेको गाडीमा खाना खानु (विशेष गरी रोलरकोस्टरमा) सुरक्षित हुँदैन किनभने तपाईँ अचानक डराएर हावाको लागि स्वाँस्वाँ गर्न सक्नुहुन्छ ।
  • खानालाई फ्याँक्ने(टस गर्ने) र समात्ने गर्नु निश्चित रूपमा सुरक्षित छैन । यसले अरूलाई पनि खतरनाक गतिविधि सिकाउँछ ।

केले चोकिङको जोखिम घटाउँछ?

  • टेबलमा बसेर, ध्यानपूर्व र चुपचाप चपाउने र निल्ने (कुरा नगरी) ।
    यो सुन्दा नरमाइलो लाग्न सक्छ तर यही नै सुरक्षित हुन्छ ।
  • कुन-कुन खाना चोकिङका जोखिम हुन् भनेर सम्झिनुहोस्।
  • माछा र कुखुरा निल्न तयार गर्दा विशेष हेरविचार गनुपर्छ (हड्डीको लागि तपाईँको जिब्रोले जाँच गर्नुहोला) ।
  • तपाईँको ओठको बीचमा कलमको बिर्को, बोटलको बिर्को, पिन, सियो वा अन्य हार्डवेयर कहिल्यै नराख्नुहोस्; आफ्नो मुखमा गम वा क्यान्डी खाँदै शारीरिक अभ्यास पनि नगर्नुहोस् ।

के नगर्ने?

खतरनाक बानी

  • कहिल्यै जेल क्यान्डी नकिन्नुहोला वा उपभोग नगर्नुहोला ।
  • एक मुठ्ठी बदाम वा अन्य खाना कहिल्यै निल्ने प्रयास नगर्नुहोला ।
  • कहिल्यै पनि खाना “स्कार्फ डाउन(हसुर्ने)”, “वुल्फ डाउन(नचपाई ठूलठूलो गाँस निल्ने)” वा “इनहेल(सासले तान्ने)” नगर्नुहोला ।
  • यदि तपाईँ आफ्नो फोक्सोको लागि इनहेलर प्रयोग गर्नुहुन्छ भने, प्रयोग गर्नु भन्दा अगाडि हरेक पटक भित्र कुनै वस्तु भएनभएको जाँच गर्नुहोस् । इनहेलरलाई खल्तीमा वा सिक्का सहितको झोलामा नराख्नुहोला ।[Ref:31]

खतरनाक खेलहरू

  • खाने प्रतियोगिताहरू : ससेज, गुलाब जामुन र अन्य खाने प्रतियोगिताहरूमा वयस्कहरू चोक गरेर मृत्यु भएका छन् – वा मस्तिष्कमा गम्भीर क्षति भोगेका छन् ।
  • खानालाई टस गरेर मुखले समात्नु । वर्षौँ अघि, “स्कीटल्स” सँग “क्याचिङ द रेन्बो” एक रद्ध टेलिभिजन विज्ञापन द्धारा क्यान्डिलाई छोटो समयको लागि प्रबर्धन गरिएको थियो । आज, दुखको कुरा, धेरै वेबसाइटहरूले अंगुर जस्ता खानेकुरा समात्ने कार्यलाई प्रोत्साहन गरिरहेको छ – र अंगुर पक्रने रेकर्ड पनि तोड्न खोजेका छन् ।
  • “चबी बनी” (एउटाको मुखमा मार्समेलो) हाल्नुः यो घातक दुर्घटना धेरै पटक घटिसकेको छ ।
  • “क्याटरपिलर” जुन ग्रासहेड्स(घाँसको बाला/चुच्चो)लाई जिब्रोमा राखी क्याटरपिलर शब्द दोहोर्याएर खेलिन्छ। यो खेल खेल्दा जसले क्याटरपिलर शब्द चोकिङ नगरी वा नरोकी दोहोर्याउन सक्छ, उही नै विजेता हुन्छ । कृपया याद गर्नुहोस्ः एउटा ग्रासहेड विशेष रूपमा खतरनाक बाह्य वस्तु (ब्रोन्कसबाट निकासी गर्ने मामलामा पेबलमा चर्चा गरे अनुसार) हो।[Ref:21]

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित २,००० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोक गर्छन् । [Ref:34]