रोचक ऐतिहासिक तथ्य

शेभालियर कियोटे ज्याक्सन, एम डि, १८६५ देखि १९५८ सम्म पेन्सिलभानियामा बस्नुभयो । उहाँको बिरामीको हेरविचार र सिकाउने कलाको यान्त्रिक सरलता, सामुहिक प्रयास मार्फत् डा. ज्याक्सनले अस्पतालमा माथिल्लो एरोडाइजेस्टीभ बाह्य वस्तुले हुने बालबालिकाको मृत्युको दर ९८% देखि २% सम्म घटाउनुभयो ।

दादुरा बाहेक (जुन विश्वव्यापी खोप कार्यक्रम द्वारा १९७९ मा संसारमा उन्मूलन गरिएको थियो), शायदै अन्य मानव रोगबाट हुने मृत्युदरमा यतिको कमी भएको थियो होला ।

द ज्याक्सन कलेक्सन (बाह्य वस्तु संग्रह) फिलाडेलफियामा ३००० भन्दा बढी बाह्य वस्तु समावेश छ, जुन डा. ज्याक्सन र उहाँको समूहले बालबालिकाको माथिल्लो एरोडाइजेस्टीभ ट्रयाक्टबाट निकाल्नुभएको थियो । यी बालबालिकाको जीवन डा. ज्याक्सनको घरेलु उपकरण, उहाँको कोमल प्रविधि र समूहको दयालु शब्दहरूले (आजको सामान्य एनेस्थेसियाको स्थान लियो) बचायो ।

बाह्य वस्तु संग्रह सन्दर्भमा डा. ज्याक्सनले “ती फगत जिज्ञासा मात्र होइनन्” लेख्नुभयो ।

दुबै चिकित्सक र समाजलाई शिक्षा दिन र परिवर्तनको नेतृत्व गर्न त्यो संग्रह बनाइएको थियो ।

के तपाईँलाई थाहा थियो?!

यूरोपमा, ५ बाल्यावस्थामा हुने चोकिङको घटनामध्ये एकमा औद्योगिक वस्तुहरू, जस्तै, प्लास्टिक र मेटल पार्ट्स, सिक्का, र खेलौना, समावेश हुन्छन् ।[Ref:34]