विश्वव्यापी रूपमा चोटपटकको रोकथाम

चोकिङले रुग्णता र मृत्युदर बढाउने भए पनि यसको जोखिमको बारेमा सचेतना कमै छ ।

क्यानडामा आकस्मिक बाल्यकाल मृत्युको ४ मुख्य कारणहरू [Ref:3]

  1. मोटर गाडी (१७%)
  2. पानी/डुबेर (१५%)
  3. चोकिङको जोखिम (११%)
  4. आगो/पोलेर (१०%)

हामी सबै आकस्मिक चोटपटक, त्यसमा पनि विशेष गरी बालबालिकामा हुने चोटपटक कम गर्नमा सहायता उपलब्ध गराउँछौँ । कृपया यूनिसेफको हालको विश्वव्यापी चोटपटक रोकथाम सम्बन्धी पोस्टर (तल) हेर्नुहोस् ।

चोकिङको जोखिम(माथिल्लो एरोडाइजेस्टीभ बाह्य वस्तु)का कारण मृत्यु हुनेको सहि विश्वव्यापी तथ्याङ्क पाउन गाह्रो छ । यसको कारण चोकिङको जोखिम सम्बन्धी तथ्याङ्कहरू अक्सर विषाक्तता, विषालु टोकाइ र/वा निसासिने र घाटी निमोठेर हुने मृत्युका तथ्याङकहरूसँग मिसाइएको हुन्छ ।[Ref:35]

आदर्शत:, चोकिङको जोखिमका कारणले हुने रुग्णता र मृत्युदर विधिवत रुपमा हरेक देशहरूले, हरेक वर्ष रिपोर्ट गरेको हुनु पर्ने हो । त्यसपछि, सार्वजनिक स्वास्थ्यसम्बन्धी हस्तक्षेपहरू (जस्तै, यो शिक्षामूलक वेबसाइट) को प्रभावको वैज्ञानिक विश्लेषण गर्न सकिन्थ्यो ।

सन् २००० देखि, यूरोपेली संघमा आबद्ध देशहरूले बालकहरूमा हुने चोकिङ सम्बन्धी तथ्याङक प्रणालीबद्ध रुपमा संकलन गर्नका लागि सुसी सेफ वेब रजिस्ट्री प्रयोग गरिरहेका छन्[Ref:34] । यूनिभर्सिटि अफ पाडोभा (इटाली) का डा. डारियो ग्रेगोरीको नेतृत्वमा, यूरोपको साथसाथै दक्षिण अफ्रिका, थाइल्यान्ड र अमेरिकाका अनुसन्धानकर्ता अहिले बालकहरूमा बाह्य वस्तु चोकिङबाट हुने चोटपटकको महामारीको बारेमा थप अध्ययन गर्न सहकार्य गरिरहेका छन्।

संयुक्त राज्य अमेरिकाको हालैको तथ्याङ्क

सन् २००४ को प्रतिवेदनमा, अमेरिकी अधिवक्ता ए. स्परलिङका अनुसार संयुक्त राज्यमा हरेक वर्ष, चोकिङबाट १५० बच्चाहरूको मृत्यु हुन्छ – र हरेक वर्ष चोकिङको कारणले १०,००० बालबालिका आपत्कालिन कक्षमा ल्याइएको थियो ।

सन् २०११ मा, एक अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदनमा चोकिङले संयुक्त राज्यमा २००९ मा ४,५०० ( सबै उमेरका) को मृत्यु भएको देखाइएको छ ।[Ref:46]

सन् २०१३ को प्रतिवेदनले २००१ देखि २००९ सम्ममा, औसतमा १२,४३५ बालबालिकाहरू (१४ वर्ष वा त्यसभन्दा कम उमेरका) को खाद्यपदार्थ चोकिङका कारण अमेरिकी आपत्कालिन कक्षमा उपचार गराइएको थियो । [Ref:1]

Keep Kids Safe

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित ५०,००० बालबालिकालाई (१४ वर्ष वा साना) चोकिङको दुर्घटना हुने गरेको छ । [Ref:34]