बारेमा

chevalier-jackson-teaching

१९२३ मा डा. सेभालियर ज्याक्सनले हाइजियामा (विद्यालयमा शिक्षकहरूले अक्सर प्रयोग गर्ने एउटा नयाँ “परिवार स्वास्थ्य पत्रिका”) “What Does Your Baby Put in His Mouth?” प्रकाशित गरे। डा. ज्याकसनको लेख चोकिङको जोखिम र रोकथामको बारेमा सूचित गर्ने व्यग्र प्रयास थियो। चार वर्ष पछि, १९२७ मा, डा.ज्याकसनले दशकभरि अमेरिकी कांग्रसको लबीङ गरेको मिहिनेतको फल देखे, अन्ततः संघीय कास्टिक विषाक्तता ऐन पारित भयो।

त्यतिबेलादेखि, चोकिङको जोखिमका बारेमा सार्वजजिक सचेतना फैलाउन र उपभोग्य वस्तुहरूको सुरक्षा (साथसाथै एरोडाइजेस्टिभ बाह्य वस्तुको निदान र उपचार) मा सुधार गर्न संसारभरि धेरै कार्यहरू भएका छन्, यसरी कमि हुँदै गएको तर झण्डै चोकिङको रुगणता र मृत्युदर लगभग निर्मूल छैन।

आज, धेरै चोकिङबाट निको भएका अभिभावकहरूले बाह्य वस्तुहरू चोकिङका लागि जोखिमको सम्भावित कारण हो भन्ने कुरा थाहा नभएको कुरा बताए। त्यसको विपरित, केही परिवारमा चोकिङको रोकथाम रणनिति उनीहरूको संस्कृति र दैनिक दिनचर्यामा भित्री रूपमा सम्मिलित छ – किनभने परिवारका वृद्ध सदस्यले आफूलाई भएका चोकिङको घटना सुनाउन पाउँछन्।

हालैका दशकहरूमा, इजरायल र क्रिटमा गरी चोकिङको दुर्घटना घटाउने सम्बन्धमा स्पष्ट लाभ देखाइएका दुइटामात्र सार्वजनिक स्वास्थ्य अध्ययन गरिएका छन्। दुबै अध्ययनमा शैक्षिक रणनितिमा केहि विशेषताहरू साझेदारी समान रहेका छन्ः चिकित्सा पेशाकर्मीहरूले व्यक्ति आफैँ उपस्थित भएर सार्वजनिक शिक्षा केन्द«हरूमा (विद्यालय र स्थानिय स्वास्थ्य इकाइहरू) पूरै परिवारलाई चोकिङका दुर्घटना र उपचारका बारेमा वास्तविक जीवनका कथाहरूको साथसाथै रोकथाम रणनितिका बारेमा बताएका छन् ।[Ref:18][Ref:19][Ref:11][Ref:10]

हालसालै, उचित पर्यवेक्षण अन्तरगत, दश वर्ष सम्मका बालबालिकाले चोकिङ प्याथो-फिजियोलोजी र रोकथाम सम्बन्धी आधारभूत सिद्धान्तहरू बुझ्न सक्षम छन् (त्यस्तो शिक्षा व्यक्तिगत स्वास्थ्यकर्मी आफैँ उपस्थित भएर दिइएको होस् वा विद्युतीय माध्यमबाट दिइएको होस्) भन्ने पत्ता लागेको छ[Ref:33]। यसबाहेक, २००७ देखि, उत्तर अमेरिकामा किशोरावस्थाभन्दा का उमेरका कम्तिमा ६ (७ वर्ष सम्मका) बालबालिकाले हेमलिच युक्ति प्रयोग गरी अर्को मान्छेको जीवन बचाएको रिपोर्ट गरिएको छ। कृपया समाचारमा चोकिङ हेर्नुहोस्।

व्यक्ति वा विद्यालयका बालबालिकालाई आगोको सुरक्षाको बारेमा सिकाउन फायरफाइटरहरूसँग पर्याप्त स्रोतहरू छन्। दु:खको कुरा चोकिङ दुर्घटना आगलागी जत्तिकै बाल रुग्णता र मृत्युदरका कारण बन्छन् तर जनशक्तिमा अटोल्यारिङ्गोलोजिस्ट (कान, नाक र घाँटी विशेषज्ञ) हरूलाई फायरफाइटरहरूसँग तुलना नै गर्न मिल्दैन।

यो वेबसाइट विद्यालयका विद्यार्थी र तिनीहरूको हेरचाह गर्ने वयस्कहरूका लागि समान शैक्षिक सेवा प्रदान गर्ने एक व्यग्र प्रयास हो। बेन्जामिन फ्र्याङ्क्लिनलाई उद्धृत गर्नुपर्दा, आशा छ चोकिङको एक आउन्स रोकथाम एक पाउन्ड उपचार समान हुनेछ।

के तपाईँलाई थाहा थियो?!

लगभग चोकिङबाट हुने मृत्युको ९५% घरायसी वातावरणमा हुन्छन् ।[Ref:1]

सन्दर्भहरू